१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


वीरगन्जमा बम भेटियो


0
Shares

महानगर प्रमुख विजय सरावगीको कार्यकक्षभन्दा बाहिर रहेको भर्‍याङछेउ तथा यातायात कार्यालय परिसरमा रातो कपडाले बेरेर राखेको डल्लोजस्तो वस्तु फेलापरेपछि कर्मचारी आतंकित भएर कार्यालय बाहिर निस्किएका थिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै स्थानको बम निस्क्रिय पारेको थियो ।

बम सामान्य खालको रहेको सेनाको भनाइ छ । रासस