
रथलाई ललितपुरको पुल्चोकबाट तानेर गाःबहाल पुर्याइएको छ लिच्छविकालदेखि चलिरहेको यो रथयात्रामा नरेन्द्रदेव खड्कसमेत समावेश गरिन्छ ।
तत्कालीन समयमा देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको उपत्यका प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याणकारी काम गरेको स्मरणमा जात्रा मनाइने प्रचलन रहेको छ ।
रथ तान्न सुरु भएदेखि जात्रा सम्पन्न हुन कम्तीमा दुई महिनाभन्दा बढी समय लाग्ने भएकाले यस जात्रालाई नेपालकै लामो जात्राकारुपमा लिइन्छ ।
१२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव, ललित ज्यापू र बन्धुदत आचाजुले कामारुपकामाक्षबाट पद्यपाणि आर्यावलोकितेश्वरलाई उपत्यका भित्र्याएको लोककथन छ ।
नाथ सम्प्रदाय नवनाथ र चौरासी सिद्धहरुमध्ये एक सिद्धकारुपमा मच्छिन्द्रनाथ र महायानी तथा बज्रयानी बौद्ध सम्प्रदाय करुणामय पद्यपाणि आर्यावलोकितेश्वरकोरूपमा मच्छिन्द्रनाथलाई पुज्छन् ।
प्रतिक्रिया दिनुहोस्