चितुवाको आक्रमणबाट बृद्धा गम्भिर घाइते • Image Khabar Image Khabar


चितुवाको आक्रमणबाट बृद्धा गम्भिर घाइते


Imagekhabar
७ बैशाख २०७५, शुक्रबार १०:११

चितुवाको आक्रमणबाट बृद्धा गम्भिर घाइते

विनोद सिंह विष्ट/
बैतडी, वैशाख ७ । चितुवाको आक्रमणमा बैतडीको तल्लोस्वराडमा एक बृद्धा गम्भिर घाईते भएकी छन् ।

घाईते हुनेमा मेलौली नगरपालिका–८ कोटिगाउँ, जोगीझाडकी ६७ वर्षीया डिगरीदेवी विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गएराति १ बजे घरभित्रै सुतिरहेकी बृद्धालाई झ्यालबाट भित्र पसेको चितुवाले आक्रमण गरेको हो । घाईते डिगरीको टाउकोमा गम्भिर चोट छ ।

उनलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लैजाने तयारी गरिएको छ ।

चितुवाले २०६८ साल यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ । प्रशासनले धेरैपटक चितुवा मार्नका लागि तल्लोस्वराडमा प्रहरी र वनरक्षकको टोली पठाएको भए पनि फेला पार्न नसकी फर्किने गरेको छ ।

गत फागुन १४ गते राति मेलौली नगरपालिका–९ रोकटाका डेढ वर्षीय बालक गणेश बहादुर चन्दलाई आफ्नै घरकै भुइँतले भान्छा कोठामा रहेका बेला चितुवाले आक्रमण गरी गम्भीर घाईते बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्