एथ्लेटिको मड्रिड पराजित हुँदा बार्सिलोना उपाधि नजिक • Image Khabar Image Khabar


एथ्लेटिको मड्रिड पराजित हुँदा बार्सिलोना उपाधि नजिक


Imagekhabar
७ बैशाख २०७५, शुक्रबार ११:२४

एथ्लेटिको मड्रिड पराजित हुँदा बार्सिलोना उपाधि नजिक

स्पेन, वैशाख ७ । स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड गएराति भएको खेलमा रियल सोसियडाडसँग ३–० ले पराजित भएको छ ।

एथ्लेटिकोको हारले लिग लिडर बार्सिलोनालाई भने अन्तर फराकिलो बनाउन सजिलो भएको छ । बार्सिलोना ला लिगाको २५ औं उपाधि नजिक पुगेको छ ।

घरेलु मैदानमा भएको खेलमा सोसिडाडलाई जिताउन हुवानमाईले दुई तथा विलियन जोसोले एक गोल गरे ।

अंक तालिकामा बार्सिलोनाले १२ अंकको अग्रता लिएको छ । अब डिपोर्टिभो ला कोरुनासँगको खेल जिते बार्सिलोनाले चार खेल अगावै उपाधि जित्नेछ ।

प्रतिक्रिया दिनुहोस्