
डीबी विष्ट/
बझाङ, वैशाख ७ । सरकारी तथा गैरसरकारी संघसंस्थाले छुवाछुतविरुद्ध लामो समयदेखि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि पूर्णरुपमा हट्न सकेको छैन ।
बझाङका अधिकांश ग्रामीण बस्तीमा गैरदलित समुदायले दलित समुदायमाथि गर्ने व्यवहारमा कुनै कमी आउन सकेको छैन । बझाङका १२ वटै स्थानीय तहमा गैरदलितले दलितलाई गर्ने व्यवहारमा कुनै परिवर्तन आउन नसकेको हो ।
गैरदलितहरु भने अझै पनि दलितको घरमा खान र बस्न हिच्किचाउँछन् । कतिपय बस्तीमा विगतका वर्षभन्दा यो प्रचलनमा केही परिवर्तन हँुदै आए पनि सोचमा भने अझै परिवर्तन आएको छैन ।
प्रतिक्रिया दिनुहोस्