
प्रहरी ‘इन्काउन्टर’मा मारिएका कुख्यात अपराधी मनोज पुनलाई आपराधिक क्रियाकलाप र रकम असुलीमा सहयोग गरेको प्रमाणका आधारमा बुधबार राति काठमाडौंमा पक्राउ परेका मल्ललाई शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
मल्लले आपराधिक गतिविधि र रकम असुलीका लागि पुनलाई विभिन्न व्यक्तिको सूचना उपलब्ध गराएको तथ्य फोन संवादबाट पाइएको प्रहरीले बताएको छ ।
युवा संघका तत्कालीन अध्यक्ष दुर्गा तिवारी र नेता वसन्त पौडेल ‘बलु’को हत्या तथा हत्यापश्चात् आन्दोलनका सूचनासमेत पुनलाई दिने गरेको प्रमाण प्रहरीले भेट्टाएको छ ।
यस्तै, प्रहरी मुठभेडमा मारिएका ‘गुन्डानाइके’ पुनको डायरीमा ४०० उद्योगीको नाम भेटिएको छ ।
युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारी र वसन्त पौडेल ‘बलु’को हत्या पुन समूहले गरेको थियो ।
रुपन्देही प्रहरीकाअनुसार पुनको डायरीमा ४०० उद्योगीको नाम भेटिएको छ । पुनले धम्की दिएर पैसा उठाउन उनीहरुको सूची तयार पारेको बताइएको छ ।
यसअघि, प्रहरीले बुधबार बिहान इलाका प्रहरी कार्यालय बुटवलमै पत्रकार सम्मेलन गरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका रुपन्देही देवदह–४ का लेखनाथ न्यौपाने, युथफोर्स रुपन्देहीका पूर्वनेता बुटवल–७ का उत्तम आचार्य, मोहिनी हाइजिन, मदिरा उद्योगका अध्यक्ष बुटवल–४ का हरिप्रसाद श्रेष्ठ, देवदह–५ का तुल्सी न्यौपाने र देवदह–६ का रोशन खड्कालाई सार्वजनिक गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्