२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


आर्सनलका म्यानेजर वेङ्गरले गरे पद छाड्ने घोषणा


0
Shares

सन् १९९६ अक्टोबर ८ मा आर्सनलको म्यानेजर नियुक्त भएका वेङ्गरले शुक्रबार यो सिजनको अन्त्यसँगै क्लबसँगको २२ वर्षे लामो सहकार्य अन्त्य गर्ने घोषणा गरेका हुन् ।

पछिल्ला वर्षहरुमा आर्सनलले सोचेअनुरुप प्रदर्शन गर्न नसकेपछि वेङ्गरको आलोचना भइरहेको थियो ।

आफ्नो २२ वर्षे कार्यकालमा वेङ्गरले आर्सनललाई तीनपटक प्रिमियर लिग र सातपटक एफए कपको उपाधि दिलाएका छन् ।

६८ वर्षीय वेङ्गरले आफ्नो दुई दशक लामो कार्यकालमा क्लबलाई सफल बनाउन कुनै कसर बाँकी नराखेको र अब क्लब छाड्ने उपयुक्त समय आएको बताएका छन् ।

उनले आफूलाई सहयोग गर्ने पदाधिकारी, खेलाडी र समर्थकलाई धन्यवाद दिँदै आगामी दिनमा क्लबको ख्याल राख्न पनि सबैसँग अनुरोध गरेका छन् ।

जारी प्रिमियर लिगमा आर्सनल अंकतालिकाको छैटौं स्थानमा रहेको छ ।