
सुर्खेत, बैशाख ८ । कर्णाली प्रदेशको प्रसिद्ध शक्तिपीठ गंगामाला देउती बज्यैको पूर्वाधार विकासको काम शुरु भएको छ ।
मन्दिर पूर्वाधार विकास समितिको गुरुयोजनाअनुसार मन्दिर परिसरमा स्नान गृह, आश्रम, बगैंचा, शौचालय, कुण्ड, विश्रामस्थलसहित थप केही मन्दिर निर्माण गरिने भएको छ ।
मन्दिरको पूर्वाधार निर्माणार्थ मन्दिर पूर्वाधार विकास समितिको आयोजनामा देउती बज्यै विराट धनधान्य महायज्ञ संचालन शुरु भएको छ ।
मन्दिर व्यवस्थापन गर्न करिब ५ लाख ३३ हजार रुपैयाँ संकलन भएको छ भने विभिन्न दाताले रकम प्रदान गर्ने प्रतिबद्घता समेत जनाएको मूल आयोजक समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए ।
महायज्ञको उद्घाटन गर्दै कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णाली प्रदेशको प्रमुख धार्मिक एवम पर्यटकीय स्थल बनाउन यो अभियानमा सवै लाग्नुपर्ने बताए ।
युवा सन्त सविन शिवाकोटीको प्रमुख संकल्पमा मन्दिरको पूर्वाधार विकासका लागि महायज्ञ सुरु गरिएको हो ।
गुरुयोजना अनुसार देउतीबज्यै मन्दिरको सम्पूर्ण पूर्वाधार निर्माण गर्न ५ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्