
शनिबार इलामको ठूलो टुँडीखेलमा भएको खेलमा संकटा क्लब काठमाडौंलाई १–० ले पराजित गर्दै सिक्किम अन्तिम आठमा पुगेको हो ।
सिक्किमको जितमा खेलको ३१औं मिनेटमा सञ्जय क्षत्रीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।
पहिलो हाफमा विपक्षीलाई दबाबमा राख्न सफल भएको सिक्किमका केही प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाएका थिए ।
दोस्रो हाफमा संकटाले बढी समय बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न भने सकेन । दर्जन बढी अवसरलाई सदुपयोग गर्न नसक्दा संकटाको यात्रा पहिलो चरणबाटै टुंगियो ।
खेलको ‘म्यान अफ दी म्याच’ सिक्किमका गोलरक्षक उर्गेन पिनेसो शेर्पा घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।
सिक्किमले अब वैशाख १२ गते हुने खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबको सामना गर्नुपर्नेछ ।
प्रतियोगिताअन्तर्गत् आइतबार दुर्गापुर स्टिल क्लब भारत र विभागीय टिम नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्