कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जित्यो • Image Khabar Image Khabar


कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जित्यो


Imagekhabar
९ बैशाख २०७५, आईतवार ०९:२४

कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जित्यो

काठमाडौं, बैशाख ९ । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जितेको छ ।

गएराति भएको फाइनलमा सेभियालाई ५-० को फराकिलो गोल अन्तरमा हराउँदै बार्सिलोनाले लगातार चौथो पटक कोपा डेल रे को उपाधि जितेको हो ।

किङ्स कप पनि भनिने कोपा डेल रे फुटबल प्रतियोगितामा समग्रमा भने बार्सिलोनाको यो ३० औं उपाधि हो ।

बार्सिलोनालाई जिताउन लुइस सुवारेजले दुई तथा लियोनेल मेस्सी, आन्द्रे इनिएष्टा र कौटिन्होले एक एक गोल गरे ।

सेमिफाइनलमा एथ्लेटिको मड्रिडलाई हराएर प्रतियोगिताको फाइनल पुगेको सेभिया फाइनलमा भने बार्सिलोना सामु निरीह देखियो ।

प्रतिक्रिया दिनुहोस्