२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विश्व पृथ्वी दिवस मनाईंदै, प्लास्टिकको विसर्जनलाई जोड


0
Shares

काठमाडौं, बैशाख ९ । आज अप्रिल २२ अर्थात् विश्व पृथ्वी दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी पृथ्वी दिवस मनाईँदैछ ।

पृथ्वीमा देखिएका समस्या समाधान गर्दै यसलाई व्यवस्थित गराउन विश्व पृथ्वी दिवस मनाउन थालिएको हो । यो वर्ष प्लास्टिकको विसर्जनलाई जोड दिँदै दिवस मनाईँदैछ ।

प्लास्टिकको प्रयोगले पृथ्वीमा रहेका मानव र वनस्पतिलाई हानी पुर्‍याइरहेकाले यसको प्रयोग नगर्न जोड दिइएको हो ।

सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिकाले पहिलोपटक यो दिवस मनाएको थियो ।

त्यसपछि सन् २००९ मा राष्ट्रसंघको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।