Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


४० वर्षदेखि रोकिएको वाग्मती तीर्थयात्रा सोमबारबाट सुरु हुँदै


0
Shares

काठमाडौं, वैशाख ९ । ४० बर्षदेखि रोकिएको वाग्मती तीर्थयात्रा फेरि थालिने भएको छ ।

धार्मिक एवं प्राकृतिक सम्पदाको संरक्षणका लागि समाजलाई जागरुक बनाउन सोमबारदेखि फेरि तीर्थयात्रा शुरु गर्न लागिएको हो ।

पशुपति क्षेत्र विकास कोषको अगुवाइमा हुन लागेको यात्रा पशुपतिनाथबाट सुरु भई दक्षिणकाली, गोपालेश्वर, कोटेश्वर महादेव, गुह्येश्वरी, उत्तरवाहिनी, गोकर्ण, चाँगुनारायण, शंखतीर्थ हुँदै पशुपति मन्दिरमा आएर समापन गरिने कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

यात्राका क्रममा परम्परागत जात्रा, मठ–मन्दिर, विश्रामस्थलहरुको भौतिक अवस्थाको विवरण संकलन गरिने कोषले जनाएको छ । तीर्थयात्रामा सर्वसाधारणलाई सहभागिताका लागि आह्वान गरिएको छ । तीर्थयात्रा बैशाख १७ गतेसम्म चल्नेछ ।