
मुस्ताङ, वैशाख ९ । प्रदेश नम्बर ४ को राजधानी तथा नामाङ्कनबारे हिमालपारीको जिल्ला मुस्ताङमा सुझाव संकलन गरिएको छ ।
सुझाव संकलन समितिका सदस्यद्वय दिपक कोईराला, कृष्णथापा र प्रदेश नम्बर ४ का सचिव शम्भुबहादुर खड्काले मुस्ताङमा सरोकारवालाहरुसँग सुझाव संकलन गरेका हुन् ।
जिल्ला समन्वय समिति कार्यालय जोमसोममा भएको कार्यक्रममा जिल्लाका ५ वटै स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, नागरिक समाजका अगुवा, उद्योगी व्यवसायी, संघ संस्था र पत्रकारहरुले आ–आफ्नो राय समितिलाई दिए ।
अधिकांशले जातीय पहिचानमा नभई धार्मिक र भूगोलका आधारमा प्रदेशको नाम सिफारिस गर्न सुझाएका छन् ।
उनीहरुले ११ वटै जिल्लालाई स्वीकार्य गण्डक प्रदेश नामांकन गर्न सुझाव दिएका छन् । राजधानी भने पोखरा नै उपयुक्त हुने स्थानीयको सल्लाह छ ।
प्रतिक्रिया दिनुहोस्