
काठमाडौं, वैशाख ९ । महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली ब्लु बुक बनाई चोरीका मोटरसाइकल बेच्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएकामा दाङ हेकुली–३ का सनम चौधरी, मकवानपुर धिमाल –२ का धनबहादुर योन्जन र दोलखा बिर्तेश्वर–८ का गोपाल नेपाली छन् ।
नक्कली ब्लु बुक बनाइ खरिदकर्तालाई सक्कली भन्दै मोटरसाइकल बेच्ने गरेको फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको परिसर प्रमुख विश्वराज पोख्र्रेलले जानकारी दिए ।
तीन लाखदेखि सात लाखसम्म पर्ने विभिन्न कम्पनीका १३ थान मोटरसाइकल र सात थान नक्कली ब्लु बुकसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमाथि सरकारी छाप दस्तखत, कीर्ते र ठगी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्