
विराटनगर, वैशाख ९ । मोरङ र सुनसरीमा रोकिएको वैज्ञानिक वन व्यवस्थापनको काम फेरि थालिएको छ ।
तत्काललाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निर्देशनमा रोकिएको वैज्ञानिक वन व्यवस्थापनको काम फेरि शुरु गरिएको हो । मुख्यमन्त्री राईले वन व्यवस्थापनको नाममा जथाभावी फँडानी भएको उजुरी परेपछि अर्को निर्णय नभएसम्मका लागि कुनै पनि काम नगर्न आदेश दिएका थिए ।
तर आज प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पत्रकार सम्मेलन गरी रोकिएको वन व्यवस्थापनको काम खुलेको जनाएको हो ।
मन्त्रालयमा सचिव किशोरचन्द्र गौतमले केन्द्र सरकारले वन व्यवस्थापनबारे लिखित पत्र पठाएर सुचालु गर्न भनेको जानकारी दिए ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन विभागले वैज्ञानिक वन व्यवस्थापन रोकिनुको कारणबारे प्रतिवेदन सार्वजनिक गर्र्दै कामलाई निरन्तरता दिन क्षेत्रीय वन निर्देशनालयलाई पत्र लेखेपछि मुख्यमन्त्रीको कार्यालयले पनि काम थाल्न अनुमति दिएको हो ।
प्रतिवेदनमा उजुरी परेको जस्तो वन व्यवस्थापनको नाममा अनियमितता भएको वा जथाभावी फडानी भएको नपाइएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्