
काठमाडौं, वैशाख ९ । पूर्व डिआईजी गोविन्द निरौलालाई ३३ किलो सुनकाण्डमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ ।
उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । गृह मन्त्रालयले बनाएको छानविन समितिको निर्देशनपछि पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।
यस घटनामा जोडिएका करिब ३० जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी मोहन थापाले पूर्व डीआईजी निरौला पक्राउ परेको पुष्टि गरेका छन् ।
गत माघ ७ मा युएईबाट ३३ किलो सुन त्रिभुवन विमानस्थलमा आइपुगेको देखिएको दावी गरिएको छ । यूएईबाट आएको सुन विमानस्थलबाट बाहिर निकाल्ने, बाहिर निकालेको सुन जिम्मा लिने र त्यसको व्यवस्थापन गर्ने छुट्टाछुट्टै समूह रहेको दावी प्रहरीको छ ।
प्रतिक्रिया दिनुहोस्