प्रदेश आकस्मिक कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति • Image Khabar Image Khabar


प्रदेश आकस्मिक कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति


Imagekhabar
९ बैशाख २०७५, आईतवार २०:४१

प्रदेश आकस्मिक कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति

कैलाली, वैशाख ९ । प्रदेश नं ७ को मन्त्रिपरिषद्को बैठकले प्रदेश आकस्मिक कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले गाउँसभा, नगरसभा र जिल्लासभाका सन्दर्भमा विधेयक तर्जुमा गर्न सहमति दिएको सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए ।

यस्तै स्थानीय तहको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न, प्रदेश संचित कोष सञ्चालन कार्यविधि स्वीकृति र मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको तर्जुमा गर्नका लागि पनि सहमति दिइएको छ ।

यसैगरी बैठकले विनियोजन विधेयक २०७५ र चालू आर्थिक वर्ष २०७४/७५को बाँकी अवधिको बजेट प्रदेशसभामा पेश गर्न स्वीकृति दिनका साथै स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्