Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


महिलालाई एसिड छ्याप्ने प्रहरीमाथि ज्यान मुद्दा दर्ता


0
Shares

चितवन, वैशाख १० । एक महिलालाई एसिड छ्यापेका प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा सोमबार मुद्दा दर्ता भएको छ ।

गोरखा घर भई भरतपुर महानगरपालिका– ४ त्रिचोकमा डेरा गरी बस्ने २८ वर्षीय कल्पना श्रेष्ठमाथि डेरा नजिकैको चोकमा तेजाब खन्याउने दंगा नियन्त्रण गण हेटौँडा दरबन्दी भई अस्थायी ट्राफिक पोष्ट टाँडीमा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाविरुद्ध ज्यान मुद्दा दर्ता गरिएको हो ।

कल्पनाका पति तारा दल गण बारामा कार्यरत नेपाली सेनाका जवान ३० वर्षीय किसान श्रेष्ठले भरतपुर महानगरपालिका– १२ का ५१ वर्षीय प्रहरी नायब निरीक्षक खनियाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेका हुन् । जाहेरीमा ज्यान मार्ने आशयले तेजाब छर्किएको उल्लेख छ ।

घटना लगत्तै खनियाँलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिपक थापा घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

एसिड प्रहारबाट घाइते भएकी कल्पनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार, घाँटी र खुट्टा एसिडले जलेको छ ।