
जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा मोरङ, बेलबारी–४ का ४२ वर्षीय ‘युगेन’ भनिने उदय राई र ताप्लेजुङका ३४ वर्षीय भीम लिम्बू रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी अरुणकुमार बिसीले घटनामा नेत्रविक्रम चन्द नेतृत्वको समूहको संलग्नता रहेको बताए ।
उनले पक्राउ परेका राई नेकपाका मोरङ जिल्ला सेक्रेटरी रहेको जानकारी दिए । अर्का अभियुक्त सोही पार्टीको कार्यकर्ता रहेको उनको भनाइ छ ।
वैशाख ३ गते विराटनगर १३ स्थित मलायारोडमा रहेको भारतीय राजदूतावासको सम्पर्क कार्यालयमा बेलुकी सवा ८ बजेतिर भएको विस्फोटमा कार्यालयको पछाडिको पर्खालमा क्षति पुगेको थियो ।
यस्तै, कार्यालयछेउमै रहेको स्थानीय देवकान्त झाको घरको झ्यालका सिसाहरु फुटेको थियो ।
प्रतिक्रिया दिनुहोस्