२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक


0
Shares

सोमबारको प्रदेशसभा बैठकमा प्रदेशप्रमुख खनालले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकारले प्रदेश समृद्धिको मुख्य आधार मानिएको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, औद्योगिकरण, राष्ट्रिय गौरवका आयोजना, दीगो आर्थिक वृद्धि, स्वरोजगार, उज्यालो कर्णाली, जनतासँग मुख्यमन्त्री र आर्गानिक प्रदेश बनाउने विषय नीति तथा कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, स्थानीय उत्पादनलाई प्रोत्साहन, क्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाउने, भाषिक तथा पुरातात्विक, धार्मिक, साँस्कृतिक सम्पदाको संरक्षण गर्दै आयोग गठन गर्नेलगायतका कार्यक्रम समावेश गरिएको छ ।