२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बम विस्फोटका घाइते पारसको ‘सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने’


0
Shares

उदयपुरका प्रदेशसभा सदस्य विमल कार्कीले उपचारमा लाग्ने सबै खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी दिए ।

सोमबार पारस उपचाररत् विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा पत्रकारहरुसँग कार्कीले उपचारमा लाग्ने सबै खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी प्राप्त भएको बताएका हुन् ।

गत चैत २९ गते उदयपुरको त्रियुगा नगरपालिका–१३ का १४ वर्षीय बालक पारस राई खेल्नेक्रममा बेवारिसे बमको छर्रा लागेर गम्भीर घाइते भएका थिए ।

बालक पारसको उपचारमा ३ लाख रुपैयाँ खर्च भइसकेको अस्पतालले जनाएको छ ।