२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


दुई मोटरसाइकल आपसमा ठोक्किदा तीनजना घाइते


0
Shares

ललितपुर, वैशाख ११ । ललितपुरको महालक्ष्मी चोकमा मंगलबार बिहान दुई मोटरसाइकल आपसमा ठोक्किदा तीनजना घाइते भएका छन् ।

बिहान पौने ४ बजे एकान्तकुनातर्फ जाँदै गरेको बा७६प ७८६२ र महालक्ष्मीबाट लगनखेलतर्फ आउँदै गरेको बा४५प ३३५४ नम्बरको मोटरसाईकल आपसमा ठोक्किदा ३ जना घाइते भएका हुन् ।

दुर्घटनामा परि ७८६२ नम्बरको मोटरसाईकल चालक काठमाडौं मुलपानी बस्ने मोरङका २५ वर्षीय पारस श्रेष्ठ, सोही मोटरसाईकल पछाडी सवार २३ वर्षीया कोपिला श्रेष्ठ र ३३५४ नम्बरको मोटरसाईकल चालक ललितपुर चापागाँउका ३५ वर्षीय श्याम घिमिरे घाइते भएका हुन् ।

घाइते तीनैजनाको बयोद्धा अस्पताल बल्खुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये कोपिला र श्यामको अवस्था गम्भिर रहेको बताइएको छ ।

दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोले नियन्त्रणमा लिएको छ ।