
कञ्चनपुर, वैशाख ११ । कन्चनपुरको कृष्णपुरमा सोमबार बेलुका एउटा मोटरसाइकलले पाँचजनालाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।
बेलुकी पौने ९ बजे से४प २४१७ नम्बरको मोटरसाइकलले पाँचजनालाई ठक्कर दिएको हो ।
मृत्यु हुनेमा कृष्णपुर–१ का १५ वर्षीय प्रकाश बोहोरा छन् । उनको उपचारको क्रममा सेती अञ्चल अस्पताल धनगढीमा मृत्यु भएको हो ।
अन्य चारजनाको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नियन्त्रण गुमाएको मोटरसाइकलले बोहोरा सहित ५ जना पैदलयात्रीलाई एकै साथ ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकलसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्