बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु, १९ जना घाइते • Image Khabar Image Khabar


बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु, १९ जना घाइते


Imagekhabar
११ बैशाख २०७५, मंगलवार ०९:५०

बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु, १९ जना घाइते

चितवन, वैशाख ११ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बसका सहचालक मकवानपुर धियाल–९ बस्ने वर्ष ४४ का चन्द्रबहादुर तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

इटहरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख १५२१ नम्बरको बस र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ७५२८ को ट्रक इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा एकापसमा ठक्कर खाँदा सहचालक तिमल्सिनाको मृत्यु भएको हो भने १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पाँचजनाको चितवन मेडिकल कलेज र अन्यको कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भरतपुरमा उपचार भइरहेको छ ।

बसले अगाडिको गाडीलाई उछिन्ने क्रममा सो दुर्घटना भएको जनाइएको छ । दुर्घटनाका कारण सडक एकतर्फ मात्र सञ्चालनमा छ । (रासस)

प्रतिक्रिया दिनुहोस्