अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तिव्र, २३ राष्ट्रका बौद्ध विद्वानहरु सहभागी हुने • Image Khabar Image Khabar


अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तिव्र, २३ राष्ट्रका बौद्ध विद्वानहरु सहभागी हुने


Imagekhabar
११ बैशाख २०७५, मंगलवार १०:४६

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तिव्र, २३ राष्ट्रका बौद्ध विद्वानहरु सहभागी हुने

भैरहवा, बैशाख ११ । गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा यही वैशाख १५ गतेदेखि हुने २५६२ औं बौद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तिव्र पारिएको छ ।

लुम्बिनी विकास कोषले लुम्बिनीमा पत्रकार सम्मेलन गरी सम्मेलनमा २३ राष्ट्रका बौद्ध विद्वान सहभागी हुने निश्चित भएको जनाएको छ ।

सम्मेलनमा ३२ जनाले बुद्धसँग सम्बन्धित १३ वटा विभिन्न उपशीर्षकमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

तीन दिने सम्मेलनका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बौद्ध धर्म, दर्शन, संस्कृति तथा सम्पदा सम्बन्धी प्राज्ञिक व्यक्तिले कार्यपत्र प्रस्तुत गर्ने तयारी भएको लुम्बिनी विश्वविद्यालयका उपकुलपति नरेशमान बज्राचार्यले जानकारी दिए ।

बुद्धसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु, नवलपरासी जिल्लाका पुरातात्विक तथा धार्मिक स्थल र बुद्धको शिक्षालाई प्रचार प्रसार गरी आपसी सद्भाव बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न लागिएको कोषले जनाएको छ ।

यस वर्षको सम्मेलन र जयन्तीको मूल नारा ‘लुम्बिनी, नेपाल: भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमी तथा विश्व शान्तिको मुहान’ भन्ने तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्