१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मिथिला क्षेत्रमा जानकी नवमी उत्सव


0
Shares

वैशाख शुक्ल नवमीका दिन त्रेता युगमा राजा जनकले हलो जोत्दा धर्तीबाट जानकी उत्पति भएको दिनको खुसीमा यो पर्व मनाउने चलन छ ।

पर्वका अवसरमा मटिहानीस्थित लक्ष्मीनारायण मठमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । नेपाल र भारतका साधु, सन्त र सर्वसाधारण मठको जानकी महोत्सवमा सहभागी छन् ।

मिथिलामा अनिकाल पर्दा राजा जनकले हलो जोतेको र हलो जोत्नेक्रममा पुनौरामा सीता उत्पति भएको मानिन्छ ।

जानकी नवमी पर्वमा धार्मिक प्रवचन, रामायण वाचन, सीता जन्मसम्बन्धी लघुनाटक प्रदर्शन, रात्रि कीर्तनलगायतका कार्यक्रम गरिँदैछ ।

प्रदेश सरकारले जानकी नवमीका अवसरमा सार्वजनिक बिदासमेत दिएको छ ।