टाटासुमोको ठक्करबाट मृत्यु « Imagekhabar – Online News Portal of Nepal


टाटासुमोको ठक्करबाट मृत्यु


0
Shares

इलाका प्रहरी कार्यालय सिमराकाअनुसार टाटासुमोको ठक्करबाट स्थानीयवासी नन्दु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना१ज ७४९७ नम्बरको सुमोले विपरीत दिशातर्फ जाँदै गरेको ना१८प ८१०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरी घाइते भएका थिए ।

घाइते चौधरीको उपचारका लागि वीरगन्जस्थित हेल्थ केयर लगिएपनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाइएकामा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस