शुल्क नियन्त्रण गर्न शिक्षामन्त्रीको स्थानीय तहलाई आग्रह • Image Khabar Image Khabar


शुल्क नियन्त्रण गर्न शिक्षामन्त्रीको स्थानीय तहलाई आग्रह


Imagekhabar
११ बैशाख २०७५, मंगलवार १७:५२

शुल्क नियन्त्रण गर्न शिक्षामन्त्रीको स्थानीय तहलाई आग्रह

जनप्रतिनिधिसहित मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पोखरेलले संस्थागत विद्यालय शुल्क निर्देशिका, २०७२ को सीमामा रहेरमात्र निजी विद्यालयले शुल्क लिनुपर्नेमा त्यसको सीमा उल्लंघन भएको पाइएकाले आवश्यक कारबाही गर्न आग्रह गरे र त्यसमा संघीय सरकारको साथ रहेको स्पस्ट गरे ।

संविधानतः विद्यालय शिक्षा सन्चालनको अधिकार स्थानीय तहको हो ।

उनले सामुदायिक विद्यालयको स्तरवृद्धि नगरी मुलुकको शिक्षामा परिवर्तन नहुनेतर्फ आफू सचेत रहेको र त्यससम्बन्धी नीति, कानुन र योजनाको तयारी भइरहेको जानकारी दिँदै प्रदेश र स्थानीय तहका लागि आवश्यक शिक्षासम्बन्धी नमुना कानुनको पनि तर्जुमा गरिने बताए ।

मन्त्रालयले संस्थागत विद्यालयसम्बन्धी विद्यमान नीति र शुल्क निर्धारण मापदन्डबारे जानकारी गराएको थियो ।

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकार स्थानीय तहलाई अधिकार निक्षेपण गर्ने दिशामा अग्रसर भएको र माध्यमिक शिक्षा परीक्षा कक्षा–१० को नतिजालाई असर पर्ने भनिएकाले हाललाई जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइ राखिएको स्पस्ट गरे ।

मन्त्रालयका सचिव खगराज बरालले संघीयता संक्रमणको चरण भएकाले सबै सरकारबीच समन्वय गरेर शिक्षाको अधिकार कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न महानगर र नगरपालिकाका प्रतिनिधिले शिक्षाका सबै अधिकार तल नआएको, कर्मचारी अपुग भएको र सामुदायिक विद्यालयका शिक्षकको जथाभावी सरुवा गरिएको गुनासो गरे । रासस

प्रतिक्रिया दिनुहोस्