सवारी दुर्घटनामा दम्पतीको मृत्यु • Image Khabar Image Khabar


सवारी दुर्घटनामा दम्पतीको मृत्यु


Imagekhabar
११ बैशाख २०७५, मंगलवार २०:०९

सवारी दुर्घटनामा दम्पतीको मृत्यु

मृत्यु हुनेमा धनकुटाको देब्रेबास–४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र ३३ वर्षीया उनकी श्रीमती पुष्पा श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७छ ८०१८ नम्बरको टिपरको ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक श्रेष्ठ ससुरालीबाट श्रीमती लिएर घर फर्कंदै गरेको बताइएको छ ।

मृतक दम्पती झापाको पृथ्वीनगरबाट को१६प ४२०८ नम्बरको स्कुटरमा घर फर्कंदै गर्दा टिपरलाई उछिन्नेक्रममा टिपरले ठक्कर दिएको बताइएको छ ।

दुर्घटनामा संलग्न सवारीलाई इलाका प्रहरी कार्यालय सुरुंगाले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्