३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


लिभरपुलद्वारा एएस रोमा पराजित, आज रियाल मड्रिड र बायर्न म्युनिख भिड्ने


0
Shares

काठमाडौं, बैशाख १२ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा इङ्लिस क्लब लिभरपुल विजयी भएको छ ।

गएराति आफ्नै मैदान एन्फिल्डमा सम्पन्न खेलमा लिभरपुलले ईटालीको ए.एस रोमालाई ५-२ ले हरायो ।

खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह र रोबर्टो फर्मीनोले दुई–दुई गोल गर्दा सादियो मानेले एक गोल थपे । रोमाका एडिन जेको र डिएगो पेरोटीले एक एक गोल गरेका थिए ।

गएरातिको जितपछि लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा पुग्ने सम्भावना बलियो पार्दा पराजित टोलीले रोमा दोस्रो लेगको खेलपूर्व दबाबमा आएको छ ।

च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनल खेलमा आज राति रियाल मड्रिड र बायर्न म्युनिख भिड्नेछन् ।