
झापा, वैशाख १२ । झापाको कन्काई नगरपालिका–१ दुर्गापुरमा मंगलबार टिफरको ठक्करबाट स्कुटरमा सवार एक दम्पतीको मृत्यु भएको छ भने छोरा गम्भिर घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना७ख ८०१८ नम्बरको टिफरले सोही दिशातर्फ आउँदै गरेको मे१६प ४२०८ नम्बरको स्कुटरलाई अपरान्ह ४ बजेतिर ठक्कर दिँदा स्कुटर चालक धनकुटा देब्रेबास नगरपालिका–४ बस्ने ४२ वर्षीय राजेश श्रेष्ठ र पछाडी सवार उनकै श्रीमती ३३ वर्षीया पुष्पा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा उनीहरुकै १६ वर्षीय छोरा रोशन श्रेष्ठ घाइते भएका छन् । उनको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरेहको छ । टिफरका चालक इलाका प्रहरी कार्यालय अनारमनिको नियन्त्रणमा छन् ।
प्रतिक्रिया दिनुहोस्