२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सिक्किमलाई हराउँदै आर्मी सेमिफाइनलमा


0
Shares

बुधबार इलामको ठूलो टुँडीखेलमा भएको तेस्रो क्वार्टरफाइनल खेलमा भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई ३–१ ले हराउँदै आर्मीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको १५औं मिनेटमा आर्मीका दिनेश हेन्जनले गोलको खाता खोलेका थिए । ७१औं मिनेटमा सिक्किमका इन्द्रजीतले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

खेलको ७६औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाए । इन्जुरी समयमा आर्मीका कप्तान भरत खवासले गोल गरेपछि ३–१ को शानदार जितसँगै आर्मी सेमिफाइनलमा पुग्यो ।

खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका सन्तोष तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

आर्मीले अब शनिबार हुने पहिलो सेमिफाइनलमा मनाङ–मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।

प्रतियोगिताअन्तर्गत् बिहीबार हुने अन्तिम क्वार्टरफाइनमा चिरप्रतिद्वन्द्वी नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब भिड्नेछन् ।