रियाल मड्रिडद्वारा बायर्न म्युनिख पराजित, रियाल फाइनलमा पुग्ने संभावना • Image Khabar Image Khabar


रियाल मड्रिडद्वारा बायर्न म्युनिख पराजित, रियाल फाइनलमा पुग्ने संभावना


Imagekhabar
१३ बैशाख २०७५, बिहीबार ०७:१४

रियाल मड्रिडद्वारा बायर्न म्युनिख पराजित, रियाल फाइनलमा पुग्ने संभावना

काठमाडौं, बैशाख १३ । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा रियाल मड्रिडले बायर्न म्युनिखलाई पराजित गरेको छ ।

जर्मन क्लव बायर्न म्युनिखको मैदानमा गएराति भएको खेलमा स्पेनिस क्लव रियाल मड्रिड २/१ ले विजयी भयो । खेलमा बायर्नका जोसुवा किमिचले पहिलो गोल गरे ।

तर रियाल मड्रिडका मार्सेलो र मार्को असेन्सीयोले एक–एक गोल गर्दैै टोलीलाई २/१ को महत्वपूर्ण अवे जित दिलाए ।

जितसँगै रियाल मड्रिडले फाइनल पुग्ने सम्भावना बलियो पार्दा पराजित टोली बायर्नको यात्रा भने कठिन भएको छ ।

फाइनल पुग्न बायर्न म्युनिखले अब दोस्रो लेगको खेलमा स्पेनीस क्लव रियाल मड्रिडलाई उसैको मैदानमा कम्तिमा २ गोलको अन्तरले हराउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्