२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अनुगमन गरी फेला परेका अखाद्य वस्तु नष्ट


0
Shares

मुस्ताङ, बैशाख १२ । स्थानीय प्रशासनले मुस्ताङका विभिन्न बजारमा अनुगमन गरी बरामद गरेका अखाद्य वस्तु नष्ट गरेको छ ।

जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले गरेको बजार अनुगमनका क्रममा फेला परेको अखाद्य वस्तु नष्ट गरिएको हो ।

थासाङ गाउँपालिका लार्जुङ, कोवाङ, खन्ती, टुकुचे र घरपझोङ गाउँपालिका मार्फामा बजार अनुगमन गर्दा अन्तःशुल्कको लेभल नलगइएका स्याउको ब्रान्डी र म्याद गुज्रिएका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत जितेन्द्र बलामीले जानकारी दिए ।