दक्षिण कोरियामा जन्मदर घट्दो • Image Khabar Image Khabar


दक्षिण कोरियामा जन्मदर घट्दो


Imagekhabar
१३ बैशाख २०७५, बिहीबार ११:३७

दक्षिण कोरियामा जन्मदर घट्दो

सोल, वैशाख १३ । दक्षिण कोरियामा बालबालिका जन्माउने क्रम घट्दै गएको हालै सार्वजनिक एक विवरणले देखाएको छ ।

बुधबार सार्वजनिक गरिएको फेब्रुअरी महिनाको विवरणअनुसार जन्मदर घटेको देखिएको अधिकारीहरुले जनाएका छन् ।

फेब्रुअरी महिनामा नयाँ जन्मिएका बालबालिकाहरुको संख्या २७ हजार ५०० रहेको छ । एक बर्ष अगाडीको तुलनामा अहिले तीन हजार अर्थात् ९.८ प्रतिशत कम बालबालिका जन्मिएका छन् ।

सन् १९८१ देखि यस्तो तथ्याङ्क लिन थालिएकोमा यो अहिलेसम्मकै सवैभन्दा धेरै घटेको तथ्याङ्क हो ।

सन् २०१५ को डिसेम्बरदेखि गत फेब्रुअरीसम्म अर्थात २७ महिनामा बालबालिकाको जन्मदर निकै कम भएको अध्ययनले देखाएको छ ।

ढिला विवाह र एउटामात्रै सन्तान जन्माउने प्रचलन बढ्दै गएकाले जन्मदर घटेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

विवाहमा पनि अघिल्लो बर्षको तुलनामा धेरै गिरावट आएको छ । अघिल्लो बर्षको तुलनामा यो फेब्रुअरीमा १९ हजार अर्थात् ११.६ प्रतिशत कम विवाह भएको छ ।

न्युन मात्रामा विवाह हुनु र जन्मदर घट्दै जानु दक्षिण कोरियाको अर्थतन्त्रका लागि टाउको दुखाइको विषय भएको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्