
हुम्ला, बैशाख १३ । हुम्लाको सिमकोटस्थित हिल्दुम साना जलविद्युत् आयोजनाको पेनस्टिक पाईप फुटेर विद्युत् बन्द हुँदा उपभोक्ता मारमा परेका छन् ।
सोमबारदेखि विद्युत अवरुद्ध भएपछि सिमकोट र खार्पुनाथ गाउँपालिका अन्धकारमय भएका छन् ।
यसअघि दैनिक नौं घन्टासम्म लोडसेडिङ हुँदै आएकोमा अहिले चार दिनदेखि पूर्णरुपमा विद्युत् अवरुद्ध भएको छ ।
पेनस्टिक पाईप फुटेर पावर हाउसभित्र क्षति पुर्याएका कारण मर्मतमा ढिलाई भएको प्राविधिक बिर्ख दमाईले जानकारी दिए ।
पाईप फुटेर बग्ने पानीका कारणले विद्युत् उत्पादन केन्द्र नै जोखिममा रहेको र पानीले उत्पादन केन्द्रमा समेत क्षति पुर्याएको बताइएको छ ।
स्थानीय बासिन्दाले भने आयोजना मर्मतमा सम्बन्धित निकायले चासो नदेखाएको आरोप लगाएका छन् ।
५ सय किलोवाट उत्पादन क्षमता रहेको आयोजनाबाट पछिल्लो समय १ सय ५० किलोवाट मात्र विजुली उत्पादन हुँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्