
संघीय समाजवादी फोरम नेपाल रुपन्देहीको नेतृत्वमा ‘नागरिकता पीडित’हरुले ज्ञापनपत्र बुझाएका हुन् ।
नेपालको संविधानको कार्यान्वयन तथा अदालतले दिएको आदेशको पालन गर्नु राज्यको दायित्व र कर्तव्य भएको र संविधानबमोजिम सबै नेपालीले नेपाली नागरिकता पाउनुपर्ने पीडितहरुको माग छ ।
आफूहरु पनि यही देशको नागरिक भएको र नागरिक भएको आभास दिलाउन राज्यले नागरिकता दिनुपर्ने उनीहरुको माग थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले स्पस्ट कार्यविधिको अभावमा अहिले नागरिकता प्रदान गर्न नसकिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्