१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


भारतमा रेलले स्कुल बसलाई ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु


0
Shares

रेलको बाटो पार गर्न लागेको बसलाई रेलले ठक्कर दिएर बिहीबार सो दुर्घटना भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउबाट ३२३ किलोमिटर टाढा पर्ने कुशीनगर जिल्लाको बेहपूर्व भन्ने ठाँउमा दुर्घटना भएको हो ।

‘आज बिहान तीव्रगतिमा आएको स्वचालित रेलले एउटा विद्यालय बसलाई ठक्कर दिँदा बसमा चढेकामध्ये कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ । अरु सातजना गम्भीर घाइते भएका छन्’–वरिष्ठ प्रहरी अधिकृत आनन्दकुमारले ‘सिन्ह्वा’सँग भने ।

उनले थपे–‘घाइते बालबालिकाहरुलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । केहीको अवस्था अत्यन्तै गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने सम्भावना रहेको छ ।’

दुर्घटनामा परेका बालबालिकाहरु अधिकांश १० वर्षमुनिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुले थावेदेखि कम्पतागन्ज सडकखन्डमा चलेको रेलले बसलाई ठक्कर दिएको बताएका छन् ।

ठक्कर दिएको रेल सिवानबाट गोरखपुरतर्फ जाँदै गरेको थियो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यले घटनामा पीडित बालबालिकाहरुलाई केही राहत रकम दिने घोषणा गरेका छन् ।

अधिकारीहरुले घटनाकाबारेमा छनबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएसकेको जनाएका छन् ।

यसअघि पनि उत्तर भारतीय राज्य हिमाञ्चल प्रदेशमा २७ जना बालबालिकासहित ३० जनाको विद्यालय बस दुर्घटनामै परेर मृत्यु भएको थियो । रासस/सिन्ह्वा