 
	    रेलको बाटो पार गर्न लागेको बसलाई रेलले ठक्कर दिएर बिहीबार सो दुर्घटना भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
उत्तर प्रदेशको राजधानी लखनउबाट ३२३ किलोमिटर टाढा पर्ने कुशीनगर जिल्लाको बेहपूर्व भन्ने ठाँउमा दुर्घटना भएको हो ।
‘आज बिहान तीव्रगतिमा आएको स्वचालित रेलले एउटा विद्यालय बसलाई ठक्कर दिँदा बसमा चढेकामध्ये कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ । अरु सातजना गम्भीर घाइते भएका छन्’–वरिष्ठ प्रहरी अधिकृत आनन्दकुमारले ‘सिन्ह्वा’सँग भने ।
उनले थपे–‘घाइते बालबालिकाहरुलाई तत्काल अस्पताल पुर्याइएको थियो । केहीको अवस्था अत्यन्तै गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने सम्भावना रहेको छ ।’
दुर्घटनामा परेका बालबालिकाहरु अधिकांश १० वर्षमुनिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुले थावेदेखि कम्पतागन्ज सडकखन्डमा चलेको रेलले बसलाई ठक्कर दिएको बताएका छन् ।
ठक्कर दिएको रेल सिवानबाट गोरखपुरतर्फ जाँदै गरेको थियो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यले घटनामा पीडित बालबालिकाहरुलाई केही राहत रकम दिने घोषणा गरेका छन् ।
अधिकारीहरुले घटनाकाबारेमा छनबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएसकेको जनाएका छन् ।
यसअघि पनि उत्तर भारतीय राज्य हिमाञ्चल प्रदेशमा २७ जना बालबालिकासहित ३० जनाको विद्यालय बस दुर्घटनामै परेर मृत्यु भएको थियो । रासस/सिन्ह्वा


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्