
बिहीबार मध्यपुरथिमिस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेर गत शनिबारको सांघातिक आक्रमणमा घाइते भइ उपचार गराइरहेका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले यस्तो बताएका हुन् ।
उनले भने–‘अहिले एउटा समूह देशमा शान्ति–सुरक्षामा अवरोध पुर्याउने र आतंक फैलाउने कार्यमा सक्रिय हुन खोज्दैछ । हामी त्यसलाई जरैदेखि उखेल्छौं ।’
नगरप्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेको पहिचान भइसकेको र केही नियन्त्रणमा पनि आइसकेको बताउँदै उनले आक्रमणकारी जो–कोही भएपनि कारबाही गर्ने दृढता प्रकट गरे ।
भेटलगत्तै अस्पताल कार्यकक्षमा सुरक्षा निकायसँग घटनाकाबारेमा उनले जानकारी लिएका थिए । उनले सीसी क्यामेरामा कैद भएका आक्रमणका दृश्यसमेत हेरेका थिए ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र प्रहरी उपरीक्षक किरण राणाले घटनाकाबारेमा जानकारी दिँदै अनुसन्धानकाबारेमा भएका प्रगतिबारे मन्त्री थापालाई अवगत गराएका थिए ।
उनले अस्पतालकाबारेमासमेत जिज्ञासा राखेपछि नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले नगरपालिकाद्वारा सन्चालित अस्पतालको अवस्था र प्रगतिबारेसमेत अवगत गराएका थिए ।
अस्पतालमा सहभागी नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरुले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरणबारे जिज्ञासा राखेका थिए ।
मन्त्री थापाले पार्टी एकीकरण कुनै हालतमा नरोकिने बताए । उनले जनताको चाहना पार्टी एकीकरण भएर जाने भएकाले जनचाहनाअनुरुप नै दुई पार्टी एक भएर जाने बताए ।
जनप्रतिनिधि र प्याब्सनद्वारा दबाब
बिहीबारै भक्तपुरका जनप्रतिनिधि र प्याब्सन भक्तपुरले प्रमुख जिल्ला अधिकारी पोखरेललाई भेट गरी जिल्लामा शान्ति–सुरक्षाको प्रत्याभूति दिन तथा नगरप्रमुख श्रेष्ठलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको नेतृत्वमा प्रतिनिधिसभा सदस्य महेश बस्नेत, जिसस उपप्रमुख सरिता कुँवर, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिले जिल्लामा शान्ति–सुरक्षाको प्रत्याभूति दिन र आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गरेका थिए ।
बिहीबारै प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीको नेतृत्वमा गएको प्याब्सनको टोलीले प्रजिअ पोखरेललाई ज्ञापनपत्र दिँदै नगरप्रमुख श्रेष्ठलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न माग गरेको छ ।
प्रजिअ पोखरेलले भने आक्रमणकारीको पहिचान भइसकेकाले जुनसुकै कुनामा लुके पनि पक्राउ गरेर कारबाही अगाडि बढाउने आश्वासन दिए ।
आक्रमणकारीलाई ज्यानमार्ने उद्योगअन्तर्गत् मुद्दा चलाउने निर्णय भएको पनि उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस्