१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सांसद नवीना लामा विवाह बन्धनमा


0
Shares

लामाको अनेरास्ववियुकै पूर्वकेन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँग बिहीबार विवाह भएको हो । उनीहरु लामो समयदेखि एक–अर्काको प्रेम सम्बन्धमा थिए ।

काठमाडौंको आर्मी अफिर्सस क्लबमा आयोजित विवाह समारोहमा उच्चपदस्थ व्यक्तित्वहरुसमेत पुगेर बर–बधुलाई शुभकामना दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरु विवाह समारोहमा सहभागी भए ।

समारोहमा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुकोसमेत सहभागिता थियो ।