२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पर्वतमा बस दुर्घटना, ३४ यात्री घाइते


0
Shares

मोदी गाउँपालिका वडा नम्बर–२, पातीचौरबाट यात्री लिएर वडा नम्बर–५, बाजुङतर्फ जाँदै गरेको ग१ख ६२७९ नम्बरको बस सडकबाट करिब २० मिटर तल जंगलमा खसेर दुर्घटना भएको हो ।

घाइतेहरुमध्ये १८ जनालाई उपचारका लागि पोखराका विभिन्न अस्पतालमा पठाइको छ भने १० जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ ।

बाँकी ६ जना भने सामान्य स्वास्थ्य परीक्षणपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

घाइतेहरु कसैको अवस्था पनि गम्भीर नरहेको प्रहरीले जनाएको छ ।

उकालो बाटोमा बस अचानक अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ ।

बढी ‘लोड’का कारण बस उकालोमा चढ्न नसकेर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।