
पाँचथर, बैशाख १४ । जिल्ला अस्पताल पाँचथरसहित जिल्लाका अन्य स्वास्थ्य संस्थामा सरकारले निःशुल्क वितरण गर्ने मध्येका ३० प्रकारका औषधिको अभाव भएको छ ।
विगतमा मेडिकल स्टोर, क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि किन्ने गरिएको थियो । पुनर्संरचनापछि स्थानीय तहहरुले औषधि किन्नुपर्ने व्यवस्था भएको छ ।
तर, स्थानीय तहले औषधि खरिदमा ढिलाई गर्दा औषधि अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।
स्थानीय तहबाट औषधि खरिद गर्ने प्रकृयामा अन्यौल हुनुका साथै औषधि किन्न स्थानीय तहहरुले जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय नगर्दा औषधि अभाव भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका निमित्त प्रमुख डा.भुपाल श्रेष्ठले अरु जिल्लामा जस्तो औषधिको अभाव चरम अवस्थामा नरहेपनि अभाव भने रहेको बताए ।
अत्यावश्यक औषधि भने मौज्दात रहेको श्रेष्ठको भनाई छ ।
औषधि अभाव हुन नदिन प्रत्येक स्वास्थ्य संस्थालाई मिलाएर औषधि वितरण गरिएको कार्यालयका नायव सुब्बा हेम ढुंगानाले जानकारी दिए ।
अहिले आह्वान भइसकेको टेन्डरको अख्तियारी नभएमा औषधि नआउने र त्यसपछि भने औषधिको चरम अभाव हुनसक्ने डा.श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्