लगानीमैत्री वातावरण बन्दै : गभर्नर नेपाल • Image Khabar Image Khabar


लगानीमैत्री वातावरण बन्दै : गभर्नर नेपाल


Imagekhabar
१४ बैशाख २०७५, शुक्रबार २०:३४

लगानीमैत्री वातावरण बन्दै : गभर्नर नेपाल

यो वर्ष आर्थिक विकासका लागि मार्गप्रशस्त गर्ने वर्ष रहेकोसमेत गभर्नर नेपालले बताए ।

केन्द्रीय बैंकको ६३औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले उक्त भनाइ राखेका हुन् ।

तीनै तहको निर्वाचनपश्चात् मुलुक राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको, ऊर्जा आपूर्तिमा आएको सुधार, पुनःनिर्माणमा आएको गति र सरकारी प्रतिबद्धताका कारण लगानीमैत्री वातावरण बन्दै गएको उनले उल्लेख गरे ।

यस पृष्ठभूमिमा वित्तीय साधनको विवेकपूर्ण उपयोगलाई प्रोत्साहन गर्दै आर्थिक समृद्धि र स्थायित्वमा योगदान पुर्‍याउन राष्ट्र बैंक प्रतिबद्ध रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्