 
	    विद्यालयबाट घर फर्किरहेका विद्यार्थीमाथि गरिएको आक्रमणमा अरु १२ जना घाइते भएका छन् ।
मारिनेमा पाँचजना छात्रा र दुई छात्र रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
स्थानीय समयअनुसार शुक्रबार साँझ गरिएको आक्रमणमा मृत्यु तथा घाइते भएका सबै १२ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी हुन् ।
‘बदला लिन’ गरेको सो आक्रमणमा सहभागी रहेको आरोपमा प्रहरीले मिझी काउन्टी गाउँ निवासी झाओ थरका २८ वर्षीय एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । झाओ सोही विद्यालयका पूर्वविद्यार्थी रहेको बताइएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार आरोपितले आफूले सोही विद्यालयमा अध्ययन गर्नेक्रममा आफूलाई जिस्काएको बदलामा आफ्ना सहपाठीलाई आक्रमण गरेको बताएको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्