सरकारी गाडीको ठक्करबाट शुक्रबार राति एकजनाको मृत्यु • Image Khabar Image Khabar


सरकारी गाडीको ठक्करबाट शुक्रबार राति एकजनाको मृत्यु


Imagekhabar
१५ बैशाख २०७५, शनिबार ११:३८

सरकारी गाडीको ठक्करबाट शुक्रबार राति एकजनाको मृत्यु

सिँचाइ व्यवस्थापन निर्देशनालय चितवनको बा१झ ५२६१ टोयटा गाडीको ठक्करबाट शुक्रबार राति लहान नगरपालिका–१, सिंग्राही निवासी ५५ वर्षीय बिन्दीलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ ।

पडरियाचोकदेखि पश्चिममा सवारी–साधनको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि लहान अस्पतालतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्