१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


नरेन्द्र मोदी र शी जिनपिङले डुंगामा चढेर गरे बार्ता


0
Shares

काठमाडौं, बैशाख १५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच दोस्रो दिन शनिबार पनि भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहेका मोदी र राष्ट्रपति शीले बुहान शहरको इस्ट लेकमा थुप्रै मुद्दामा कुराकानी गरेका हुन ।

दुबै नेता स्थानीय चिया पिउँदै तथा डुंगामा चढेर द्विपक्षीय हितका बारेमा वार्तामा संलग्न रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दुई नेताले आतंकवादलाई साझा खतरा मान्दै यसलाई रोक्न सहयोग बढाउने प्रतिवद्धता जनाएको भारतीय विदेश सचिव विजय गोखलेलाई उद्धृत गर्दै समाचारहरुले उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले पनि शीसँग भेटवार्ता गरेको तस्वीर ट्वीट गर्दै द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा कुराकानी भएको जानकारी दिएका छन् ।

कृषि, प्रविधि, उर्जा र पर्यटनको क्षेत्रकाबारेमा कुराकानी भएको मोदीले उल्लेख गरेका छन् । (एजेन्सी)