Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


मलेसियामा नेपालीलाई जथाभावी कैद र यातना


0
Shares

काठमाडौं, बैशाख १६ । बैदेशिक रोजगारीको प्रमुख गन्तब्यमध्येको मलेसियामा नेपाली कामदारलाई जथाभावी थुन्ने र यातना दिने गरेको पाइएको छ ।

मलेसियामा कार्यरत नेपाली कामदारको अवस्था अध्ययन गर्न हालै स्थलगत भ्रमणमा गएको प्रतिनिधिसभ सदस्य सम्मिलित एक टोलीका अनुसार पछिल्लो समय मलेसियाका सुरक्षाकर्मीले गैरकानुनी रुपमा नेपाली कामदारलाई थुन्ने, यातना दिने काम गरेका छन् ।

मलेसियामा कार्यरत श्रमिकलगायत विभिन्न निकायसँग छलफल गरी फर्केको टोलीका सदस्य तथा सांसद प्रकाश रसाइलीका अनुसार मेलेसियाको रोजगारी नेपालबाट हेरेभन्दा निकै फरक छ ।

‘नेपालमा जसरी हामी रेमिट्यान्सले देश चलेको भनेर गर्व गर्छौं’, मलेसियामा कामदारको पीडा देखेर लज्जाबोध हुने अवस्था छ’, उनले भने,‘कामदारलाई जसले सक्छ उसले अत्याचार गरिरहेका छन् ।’

मलेसिया सरकारको नाम मात्रको मानवअधिकारको मारमा कामदार परेको उनको भनाइ छ ।

मलेसियामा करिब सात लाख नेपाली छन । यीमध्ये तीनलाख हाराहारी नेपाली गैरकानुनी रुपमा बसिरहेको बताइन्छ ।

रोजगारीका लागि मलेसिया पुगेका मध्ये एक सय ७१ जेलमा रहेको मलेसियास्थित दुताबासले जानकारी गराएको छ ।

जेलमा रहेका मध्ये १५ जनामाथि मृत्युदण्ड हुनसक्ने मुद्दा चलिरहेको छ । –नागरिक दैनिकबाट