
डडेल्धुरा, वैशाख १६ । डडेल्धुरा नवदुर्गा गाउँपालिका–१ कोटेलीबाट जन्ती बोकी गन्यापधुरा गाउँपालिकातिर गइरहेको से१ज २३८ नम्बरको जिप दुर्घटना हुँदा जन्ती गएका सातजना घाइते भएका छन् ।
जन्ती बोकेको गाडी केआइसिंह राजमार्गको रडुवाखोला नजिक आइतबार दुर्घटना हुँदा जन्ती गएका व्यक्ति घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।
जिपको ब्रेकफेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । ब्रेकफेल हुँदा उक्त गाडी सडकमै पल्टिएको जन्ती गएका सर्वसाधारणको भनाइ छ । घाइतेको उपचार उपक्षेत्रीय अस्पताल डडेल्धुरामा भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी गराए । घाइतेको अवस्था सामान्य रहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्