यार्सा संकलनमा रोक, अटेर गरे एक लाख रुपैयाँ जरिवाना • Image Khabar Image Khabar


यार्सा संकलनमा रोक, अटेर गरे एक लाख रुपैयाँ जरिवाना


Imagekhabar
१६ बैशाख २०७५, आईतवार १६:५४

यार्सा संकलनमा रोक, अटेर गरे एक लाख रुपैयाँ जरिवाना

डीबी विष्ट/
बझाङ, वैशाख १६ । सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सा संकलनमा रोक लगाएको छ ।

वैशाख १४ गते बसेको धनसेरी वन सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । धनसेरीमा यार्सा नपाइएपछि वैशाख २७ गतेसम्मका लागि यार्सा संकलनमा रोक लगाइएको हो ।

कसैले वैशाख १६ देखि २७ गतेसम्म यार्सा संकलन गरेको फेला परे एक लाख रुपैयाँ जरिवाना गर्ने र संकलन गरिएको यार्सासमेत खोसिने धनेसरी वन सुरक्षा समितिका कोषाध्यक्ष पे्रमबहादुर बोहराले बताए ।

समितिका अध्यक्ष ज्ञानबहादुर बोहराको अध्यक्षतामा बसेको बैठकले ६ जनालाई वन हेरालासमेत तोकेको छ । प्रतिव्यक्ति ८ हजार दिएर जोग्गिरी बोहरा, कलक बोहरा, ऐनबहादुर बोहरा, जोगी बोहरा र बसन्त विकलाई वन हेराला तोकेको समितिका बोहराले बताए ।

समितिले वन लसुन संकलनमा समेत रोक लागाएको छ । जेठ २५ गतेसम्म वन लसुन संकलन गर्न रोक लगाइएको हो । सो अवधिभित्र कसैले संकलन गरेको फेला परे २० हजार रुपैयाँ जरिवाना गर्ने समितिको निर्णय छ ।

यस क्षेत्रमा यार्सा संकलन गर्न सुर्मा गाउँपालिकाका साथै जिल्लाभरीका स्थानीय बासिन्दा जाने गरेका छन् । यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन गर्न रोक लागेपछि स–परिवार लेकतर्फ गएका स्थानीय बासिन्दा आ–आफ्नो घर फिर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्